२०७९ मंसिर ९ गते । काठमाडौंमा १९ औँ हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासंघले हरेक वर्ष गर्दै आएको हस्तकला व्यापार मेलाको १९ औँसंस्करण आगामी मंसिर २३ गतेदेखि २७ गतेसम्म हुने भएको हो । मेला काठमाडौंकोबौद्धस्थित होटेल हायात रिजेन्सीमा हुने भएको छ । महासंघको आयोजना तथाउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धनकेन्द्र र उद्योग वाणिज्य क्षेत्रका विभिन्न संघ, संगठनहरुको सहयोगमा हुनलागेको मेलामा हस्तकलाकावस्तुहरुको करिव १५० वटा स्टल रहने बताइएको हो ।मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थांका गरी ३ वटाविधाका कला प्रदर्शनी हुने जनाइएको छ । महासंघका अध्यक्ष प्रचण्ड शाक्यलेनेपाली हस्तकलाको प्रवद्र्धन गर्दै विदेशसम्म पहिचान गराउनका लागि मेलाकोआयोजना गरिएको बताउनु भयो । उहाँले मेलाले हस्तकलाका सामग्रीहरुकोनिर्यातलाई बढाउनका लागि सघाउ पु¥याउने बताउनु भयो ।
मेलामा हस्तकलाका वस्तुहरुको वृहत प्रदर्शनी तथा बिक्री हुनेछ । मेलासंयोजक डिल्लीरत्न तुलाधरले मेलामा उत्कृष्ट स्टल प्रतियोगिता, मेड इननेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरुको प्रदर्शन र परम्परागत तथानवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी गरिने जानकारी दिनुभयो । त्यस्तैअमूर्त सांस्कृतिक सम्पदाको उजागर, जेष्ठ वरिष्ठ कलाकारहरुलाई सम्मान,अग्रणी निर्यातकर्ताहरुलाई सम्मान कला प्रदशर्नी र २०२३–२४ को ट्रेन्डडिस्प्ले देखाइने उहाँले उल्लेख गर्नुभयो । मेलासँगै १७ औँ हस्तकलाप्रतियोगितासमेत हुने भएको छ । काष्ठकला, प्रस्तरकला, मैनकला, मृतिकाकलामामानव मुखाकृति भएको गरुड अर्थात बण्टेजको मूर्ति बनाउने र ऊनी, ढाका, कपडा,प्राकृतिक रेशाजन्य वस्तुबाट मफलर बनाउने प्रतियोगिता हुने उहाँले जानकारीदिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई ३० हजाररुपैयाँ र तृतीय हुनेलाई २० हजार रुपैयाँ तोकिएको छ ।








