महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरमा भव्य कलशयात्रा निकालिएको छ । बुधवार रहेको महाशिवरात्री पर्वको एक दिन पहिला (आज) जलेश्वरमा कलशयात्रा निकालिएको छ ।
जलेश्वरनाथ महादेव मन्दिर परिसरबाट निकालिएको कलश शोभायात्रामा नगरप्रमुख सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी लालबाबु कबारी, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेसहित विभिन्न सुरक्षा निकाय प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विद्यालयका विद्यार्थीहरुसहित जलेश्वसवासीको उल्लेलनिय उपस्थिति रहेको थियो ।
महोत्तरी, धनुषा र भारतबाट समेत श्रद्धालुहरु दर्शन गर्न आउने हुनाले नगरभरि सुरुक्षा व्यवथा कडा गरिएको छ । जलेश्वरनाथ महादेव मन्दिरमो पानी मुनी महादेवको लिंग रहेको छ । दर्शनका लागि सेनाले लगातार पानी निकाल्ने गर्छन । प्रत्येक वर्ष शिवरात्रीको दिन लाखौं श्रद्धालुभत्तजन दर्शनका लागि आउने गर्छन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here