रौतहट १०,फागुण
रौतहट प्रहरीले भन्सार छलीका विभिन्न सामान बरामद गरेको छ। भारत बाट चोरी पैठारी गरी ल्याएको विभिन्न सामान प्रहरीले बरामद गरेको हो।
रौतहटको गरुडा नगरपालिका वडा नं. ४ गरुडा मेथुर चौक स्थित सडकको पश्चिम किनारमा बोराहरुमा भारतबाट भन्सार छली ल्याएको छ हजार चार सय बराबरको सुर्ती बरामद गरिएको प्रहरीले बताएको छ।
यस्तै जिल्लाको यमुनामाई गाउँपालिका वडा नं १ सुकदेवचोक स्थित सडक किनारमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको रेडिमेड लहंगा र मोटरसाईकलको पार्टसहरु बरामद गरिएको छ।
त्रिचालिस हजार बराबरको सो समानहरु बेवारीसे अवस्थामा फेला परेको र उक्त समानहरु स्थानिय मानिसहरु संग सोधपुछ गर्दा कोही कसैले मेरो हो भनि दाबी गर्न नआएकोले बरामद गरीएको प्रहरीले बताएको छ। बरामद सामानहरु आवशयक कार्वाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा पठाईएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ। ।








