धनुषा । धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध (खैरो हिरोइन)सaहित तीन जनालाई पक्राउ गरेको छ ।
सोमबार पत्रकार सम्मेलनमार्फत जिल्लाको विभिन्न स्थानबाट बरामद भएका लागु औषधको बारेमा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आइतबार धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित बालुवा खोलामा लागु औषध खैरो हिरोइन बिक्रि वितरण भइरहेको सूचनाको आधारमा ढल्केवरबाट खटेको प्रहरीको टोलीले खैरो हिरोइन जस्तो देखिने पदार्थ ३९.१९० ग्रामसहित मोटरसाइकलमा सवार २५ वर्षीया राजेश यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।
त्यस्तै, गत २९ गत्ते जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्थामा चेक जाँच गर्नै क्रममा मोटरसाइकलमा सवार अस्फाक राइन र सल्मत अलीलाई ५.६ मिलि ग्राम खैरो हिरोइन जस्तो देखिने लागू औषध पदार्थसहित पक्राउ गरेको उनले जानकारी दिए ।
त्यस्तै, फागुन ४ गत्ते (हिजो) जनकपुरधाम वडा नं. ८ स्थित न्यू अनुष्का ट्रेडर्स मनी ट्रान्सफर्सबाट श्रोत नखुलेको ४७,८४,६३५ रुपैयाँ बरामद भएको छ ।
उक्त रकम कसको र कहाँबाट आयो भन्ने विषयमा जनकपुरधाम वडा नं ८ बस्ने जेनिस कुमार साहलाई अनुसन्धानका लागि हिरासतमा लिइएको एसपी तिवारीले जानकारी दिए ।
त्यस्तै, सोही दिन वडा नं. ८ बाट १० लाख नेपाली रुपैयाँसहित भारत सितामढी बस्ने ४२ वर्षका जामुन नायकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेका सबैजनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here