रामेछाप । सहिद दिवसको अवसरमा रामेछापका ५२ विपन्न घर परिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।
रामेछाप नगरपालिका ६, ७, ८ र ९ का विपन्न घर परिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।
मारवाडी सेवा समिति, मारवाडी युवा मञ्चले उपलब्ध गराएको ती सामाग्रीहरू नेकपा एमाले रामेछाप नगरपालिका कमिटीले रामेछापको पुष्पलाल स्मृति पार्कमा एक कार्यक्रम आयोजना गरी वितरण गरेको नेकपा एमाले रामेछाप नगरपालिका कमिटी सचिव माधव ढकालले जानकारी दिए ।
एमाले जिल्ला कमिटी सदस्य नरेशबाबु श्रेष्ठले काठमाडौंबाट ल्याई वितरण गरिएका सामानहरूमा फाइबर सिरक, म्याट, बाल्टी, जग, चिउरा, चामल, दाल, तेल, नुन, दालमोठ, चाउचाउ, साबुन, सिटामोल लगायतका औषधी सहित रहेका ढकालले बताए । वडाबाट छनोट गरिएका विपन्नलाई ती सामाग्री प्रदान गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here