शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयमाथि छलफल भएको छ ।
उक्त समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा आफ्नो सुझाव प्रस्तुत गर्दै निजामती कर्मचारीका विभिन्न संगठनका प्रतिनिधिले हक, हितको लागि संगठित हुने अधिकार संविधानले नै दिएको भन्दै यसलाई कुण्ठित गर्ने काम नगर्न सुझाव दिएका छन् ।
यसैगरी उक्त बैठकमा संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेल्बासेले संसद्को महासचिव र सचिव संसद् सेवा भित्रैबाट हुनुपर्ने बताएका छन् । उनले संसद््को महासचिव–सचिव टपक्क टिपेर ल्याउने व्यवस्था गलत रहेको बताए ।
उनले भने, ‘संसद् सेवामा ३०÷३२ वर्ष काम गर्ने तर सचिवहरु टपक्क टिपेर ल्याउँदाखेरी संसद् सचिवालयका कर्मचारीहरु सेवामा नै बस्न नचाहेको अवस्था छ । संसद्को सचिव र संसद्को महासचिव संसद् सेवाभित्रैबाट हुनुपर्छ । यो व्यवस्थाका लागि अनुरोध छ । संसद्को सचिव टपक्क टिपेर ल्याउने व्यवस्था गलत छ । महासचिव भित्रकै हुनुपर्छ ।’
हाल संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभामा एक–एकजना सचिव छन् । दुवै सचिव संसद् सेवा बाहिरबाट पनि नियुक्त हुन सक्ने प्रावधान छ । यही प्रावधानमा टेकेर संसद् सेवाभन्दा बाहिरबाट सचिव नियुक्त गर्ने अभ्यास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here