अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र बुझ्न नहुने बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभालाई सम्बोधन गर्दै उनले, जग्गा तथा आवासको विषयलाई राष्ट्र निर्माणको एउटा महाअभियानको महत्वपूर्ण अङ्गको रुपमा बुझ्नलाई आग्रह गरेका हुन् ।

उनले भने,‘जग्गा तथा आवासको विषयलाई निरपेक्ष रुपमा व्यवसायको मात्र अर्थमा बुझ्नु हुँदैन् । यो राष्ट्र निर्माणको एउटा महाअभियानको महत्वपूर्ण अङ्ग हो । महत्वपूर्ण कडि हो भन्ने  राख्दछु । त्यसैले मुनाफाको लागि व्यवसायको रुपमा मात्र नभएर देश निर्माणको अभियानमा योगदान गर्ने व्यवसायीको रुपमा म सम्मान गर्न चाहन्छु ।’

उनले अनुमति प्राप्त कम्पनिबाट मात्रै घर जग्गा कारोबार हुने जुन ऐन बनेको छ । त्यो ऐनको कार्यान्वयनको लागि सरकारले पहल गर्ने पनि प्रतिबद्धता जनाए ।

उनले भने,‘अनुमति प्राप्त कम्पनिबाट मात्रै घर जग्गा कारोबार हुने जुन ऐन बनेको छ । त्यो ऐनको कार्यान्वयनको लागि नियमावली बन्नु प¥यो । र यो छिटो कार्यान्वयनमा आउनुप¥यो भन्ने माग छ । यसतर्फ सरकारको ध्यान जाने छ ।’

अर्थमन्त्री पौडेलले पछिल्लो दिनहरुमा घर जग्गा कारोबारमा आएको संकुचनलाई अन्त्य गर्ने पहलमा सरकार रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here