मुगु । रैथाने बालीको परिकार तयार गरेर स्थानीय व्यवसायहरुले त्यसको प्रदर्शनी गरेका छन् । रैथाने बालीका अन्न,पलफूलबाट नयाँ किसिमका परिकार तयार गरी उपभोग गर्न र बिक्री गरेर आम्दानी गर्न सकिने भन्दै तालिममा सिकेका वस्तुहरुको प्रदर्शनी गरिएका हुन् ।
बिगत २ दशकदेखी होटल सञ्चालन गर्दै आईरहेको पदमकला कार्कीले तालिममा कोदो, फापर, मम, चाउमिन, आलु चिप्स, केक, स्याउको खिरलगायत १३ प्रकारका खाने कुराकहरु बनाउन सिकाएको बताए ।
उनले भने , ‘होटलमा बजारमा आएको चाउचाउ, बिस्कुट, चियाँ मात्र बिक्री गर्दै आएका थियौं । हाम्रो घरमा दैनिक प्रतेक बर्ष उत्पादन हुने कागुनो, चिनो, फापर, कोदो, स्याउ, मकै, रोटी भात खाने मात्र जानेका थियौं । काचो अन्न बिक्री गर्ने गरेका हौं । तर जिल्ला कृषि विकास कार्यालय मुगुले दिएको ३ दिने रैथाने बालीको विभिन्न परिकार बनाउने तालिममा कोदो, फापर, मम, चाउमिन, आलु चिप्स, केक, स्याउको खिरलगायत १३ प्रकारका खाने कुराहरु बनाउन सिक्यौं ।’
स्थानिय रैथानि वस्तुको परिकार प्रदर्शनी तथा अवलोकन गर्नुका साथै परिकार खाँदा निकै स्वादिलो र राम्रो रहेको स्थानियहरुको भनाइ छ ।
बजारमा उत्पादन भएका केमिकल युक्त वस्तुहरु खाने भन्दा यी रैथानिय अन्न बालीबाट निमार्ण गरिएको वस्तुहरुको उपयोग गर्नु निकै राम्रो हुने प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले बताए ।
उनले भने, ‘हाम्रो देश नेपाल खाद्यान्न क्षेत्रमा पछि परेको देश हो । तैपनि जिल्लामा उत्पादन हुने रैथाने बालीहरु पछिल्लो समयमा लोप हुँदै हराउन थालेको हुनाले स्थानिय रैथाने बास्तुहरुको संरक्षण तथा प्रवद्ध गर्नुका साथै खाद्यान्न सुरक्षामा टेवा पुग्छ । ’
मुगु पर्यटकहरुको ठूलो पहुँच भएको जिल्ला भएको हुनाले मुगुको स्थानिय वस्तुहरुबाट उत्पादन गरेका वस्तु पर्यटकहरु मार्फत खपत गर्न सकेमा राम्रो आम्दानी हुने जिल्ला कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख अनिस शाक्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here