रौतहट १० माघ ।
रौतहट जिल्लाको माधव नारायण नगरपालिकाममा एक विद्यालयको नव निर्मित भवनको शहरी बिकाश मन्त्री प्रभु साहद्धारा उद््घाटन गरिएको छ ।
मन्त्रि साहले रौतहटकोे माधव नारायण नगरपालिकाकोे मुहार नै बदल्ने बताउनु भएको छ ।
माधव नरायण नगरपालिकाकाको वडा नम्बर ५ मिठुअबामा शुक्रबार राधा कृष्ण माध्यमिक विद्यालयको नव निर्मित भवनको उद्घाटन गर्नु हुदै मिठुअबामा नदीको तटबन्द, पक्की पुल, खानेपानी, भौतिक पूर्वाधार निर्माण तथा सडक बिस्तार, लगायतका बिकास निर्माणको कामलाई प्राथमिकतामा राखेर अगाडी बढाइने बताउनु भयो ।
स्वच्छ खानेपानीको ब्यबस्थापनका लागि निर्माण गर्ने पानी टंकीको समेत शुक्रबार नै सिलान्यास गर्नु भएको छ ।

माधव नारायाण नगरपालिकाको वडा अध्यक्ष जमिलकर मन्सुरिको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेता तथा प्रदेश सभा सदस्य प्रत्याशी उपेन्द्र साह, माधव नारायाण नगरपालिकाकी उप प्रमुख सिमल कुमारी साह, राधा कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक, पत्रकार, बुद्धिजीवी लगायत स्थानियको सहभागितामा कार्यक्रम भव्यताका साथ सम्पन भएको आयोजकले जनाएको छ ।








