पर्वतमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक बृद्धाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा ७३ वर्षीया बृद्धा दुर्गादेवी पौडेलको जलेर घटनास्थलमै मृत्यु भएको हो ।
सोही आगलागीमा परेर पीपलटारीस्थित तल्लो रोहोटेका घरधनी ५२ वर्षीय ध्रुब रेग्मी र तिला रेग्मी घाइते भएका वार्ड अध्यक्ष रामचन्द्र सुवेदीले जानाकारी दिए।
ग्यास सिलिन्डर परिवर्तन गर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा चिया पिउने दूध लिन रेग्मीको घरमा गएकी ७३ वर्षीया बृद्धा दुर्गादेवी पौडेलको जलेर घटनास्थलमै मृत्यु बताइएको छ।
उक्त आगलागीमा परेर गम्भीर घाइते भएका घरधनी ५२ वर्षीय रेग्मीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा क्षति पुगेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

––
इm ज्बmब
ियmजबmब२िनmबष्.िअयm
ःयदष्भि ल्य. ९८५६०२५७५८

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here