उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०२४ डिसेम्बर १७ र १८ मा बैंककस्थित संयुक्त राष्ट्र संघको सम्मेलन केन्द्रमा आयोजना हुने एसिया र प्रशान्त क्षेत्रको विकासका लागि वित्त पोषणसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्शको अध्यक्षता गरेका छन् ।सोही क्रममा पौडेलले दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न एजेन्डा कार्यान्वयनमा भएको महत्त्वपूर्ण प्रगतिको बारेमा प्रकाश पारेका छन् उनले विकासोन्मुख र अतिकम विकसित मुलुकले अहिले सामना गरिरहेको बजेट योजना, स्रोत विनियोजनमा दक्षता, प्रभावकारी आयोजना कार्यान्वयनका लागि क्षमता अभिवृद्धि र दिगो खर्च व्यवस्थापन प्रमुख चुनौती रहेको उल्लेख गरे ।यस्तै, उनले विकासोन्मुख र अतिकम विकसित मुलुकले आफ्नो राजस्व परिचालन क्षमतामा सुधार ल्याउन विशिष्ट र स्पष्ट आन्तरिक राजस्व परिचालन नीति तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयनको महत्त्वमा जोड दिएका छन् ।








