लन्डनस्थित नेपाली व्यवसायीद्वारा सञ्चालित कम्पनी ‘माया सपोर्टेड लिभिङ लिमिटेडले  क्रिकेट खेलाडीहरुलाई अवार्ड प्रदान गरेको छ  ।जस अनुसार वेष्ट फिल्डर अफ द सिजन अवार्ड विशाल बन्जाडे, वेष्ट बलर अफ द सिजन चन्दन रावल, वेष्ट ब्याट्सम्यान अफ द सिजन प्रकाश विष्ट, आउटस्ट्याण्डिङ अफ द सिजन सचिन शर्मा र ट्यालेन्ट अफ द सिजन अवार्ड नवीन तामाङले प्राप्त गरे । ‘सरप्राइज अफ द इयर’ अवार्ड आशिष कुर्मीले पाए ।

प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवीचका मेयर काउन्सिलर जीत रानाभाटले अवार्ड प्रदान गरेका थिए  । सो अवसरमा माया सपोर्टेड लिभिङमा पाँच वर्ष काम गरिसकेका कर्मचारीहरुलाई पनि विशेष सम्मान गरिएको थियो।

माया सपोर्टेड लिभिङका प्रवन्ध निर्देशक राज पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी, प्रायोजक, अतिथि लगायत सबैप्रति आभार व्यक्त गरे । उनले ट्रफी डिजाइनमा सहयोग गरेका माया ब्राण्ड एम्बेसडर तथा कर्णाली याक्सका कोचप्रति पनि कृतज्ञता व्यक्त गरे ।

माया क्रिकेट अवार्डका लागि नेपाल फुड्स, नेपाली बियर, एचटिआर केयर एण्ड रिक्रुटमेन्ट, ह्याम्सटेड इयर क्लिनिक, क्याटलिष्ट आइटी र किया ओभल स्टेडियमले प्रायोजन गरेका हुन्।

फेब्रुअरी २०१९, २१ तारिखदेखि सेवा दिन थालेको माया सपोर्टेड लिभिङका अहिले १० वटा शाखा छन् । मायाले लर्निङ डिसेबलिटी, अटिजम, मेन्टल हेल्थ (डिमेन्सिया) जस्ता बिरामीलाई ब्रिटिश सरकारको मापदण्ड अनुसार विशेष केयर सेवा प्रदान  गर्छ । तस्विरहरुः कुशल श्रेष्ठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here