काठमाडौं १६ कात्तिक ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले इमान्दार भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको छ ।कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने उहाँको भनाई थियो । बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै उहाँले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन नहुने धारणा समेत राख्नु भएको छ । जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाहरुले बाधा अवरोध पु¥याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने मेयर शाहले बताउनु भयो ।मेयर शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निष्तेज पार्न सकिने बताउनु भयो ।








