नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले आफ्नो फाईदाको लागि मात्रै कुरा नगर्ने बताएका छन् । नेपाल जग्गा आवास तथा विकास महासंघको तेस्रो महासभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन ।अध्यक्ष ढकालले भने, ‘पोलिसी बनाउने बेलामा निजी क्षेत्रकै फाईदाका लागि मात्रै पनि कुरा गर्छन भन्ने परम्परागत बुझाई छ । तर, अहिले निजी क्षेत्रले आफ्नो फाईदाको लागि मात्रै कुरा गर्ने सम्भावना छैन । त्यो गर्नु पनि हुँदैन ।’अध्यक्ष ढकालले हामीले ल्याएको नीति नियमहरु परिमार्जन गर्नुपर्ने बताए । उनले अहिले पचासौं वर्ष पुरानो नीतिले गाईड गरिरहेको बताए ।उनले  भने,  ‘हामीले पोलिसीहरु ल्याउँछौ । हामीले अहिले पचासौं वर्ष पुरानो नीतिले गाईड गरिरहेको छ । यसलाई हामीले वास्तवमा समय सापेक्ष हिसाबबाट जान सकिएन भने, अथवा हामीले ल्याएका पोलिसिहरु सहि छैन भने करेक्सन नी गर्नु पर्यो । गलत पोलिसि ल्याईयो र त्यो गलत पोलिसिबाट रिजल्ट राम्रो आएन भने त करेक्सन पनि गर्नुपर्यो ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here