विष्णु ज्योति आधारभूत विद्यालय भोर्लेको ‘घ’ मतदान केन्द्रका मतदान अधिकृत सरोजप्रसाद पौडेलले ११ः३० बजेसम्म १२ सय ८६ जनाले मतदान गरेको जानकारी दिएका छन् ।उनले विष्णु ज्योति माध्यमिक विद्यालयमा कुल मतदाता ३६ सय २५ जति रहेको र त्यस मध्ये १२ सय ८६ जनाले मत खसेको जानकारी दिएका हुन् ।उनले भने, ‘यहाँ ३६ सय २५ जति विष्णु ज्योति माध्यमिक विद्यालयमा कुल मतदाता हुन् त्यसमा ११ ः३० बजेसम्म क केन्द्रमा ३४१, ख केन्द्रमा ३२६, ग केन्द्रमा ३०७, घ केन्द्रमा ३२२ गरेर ६४३ जना महिला र त्यती नै पुरुष गरेर १२ सय ८६ जनाले मतदान गरिसक्नु भएको छ ।’यसको साथै, उनले एकदमै शान्तिपूर्ण रुपमा नै मतदान भईरहेको र दलबीचको तनाव नदेखिएको बताए ।हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका लागि हुने निर्वाचन दुईवटै मतदानस्थलमा रहेको मतदान केन्द्र निर्माणमा कर्मचारी र सुरक्षाकर्मी खटिएका छन् ।निर्वाचनका लागि प्रतिभा माध्यमिक विद्यालय सिक्रेनीमा पाँच मतदान केन्द्र र विष्णु ज्योति आधारभूत विद्यालय भोर्लेमा चार मतदान केन्द्र गरी नौ वटा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here