हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेको जिल्ला वन कार्यालयका प्रमुख मेघराज राइइले जानकारी दिएका हुन् । निजको घटनास्थलमा नै मृत्यु भएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here