उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग र नेपालका लागि अस्ट्रेलियन राजदूत लियान जोन्स्टनले शिष्टाचार भेट गरेका छन् ।भेटका क्रममा मन्त्री भण्डारीले दुई बिचको सम्बन्ध थप बलियो हुने बताएका छन् ।  सन् १९६० मा नेपाल र अस्ट्रेलियाको कूटनीतिक सम्बन्ध स्थापना भए देखी मित्रता, सहयोग र आपसी सम्बन्ध सौहार्दपूर्ण रहेको बताए ।उनले भने, ‘अस्ट्रेलिया नेपालका लागि मित्र राष्ट्र र महत्त्वपूर्ण साझेदार हो, नेपाललाई अस्ट्रेलियाबाट विभिन्न सहयोग प्राप्त भएको छ । स्वास्थ्य, जीविकोपार्जन र मानव संसाधन जस्ता क्षेत्रहरूमा सहयोग भएको छ ।’उनले नेपाललाई अति कम विकसित देशबाट योजनाबद्ध रूपमा स्तरोन्नति गरी सन् २०२६ मा विकासशील देश बनाउन र दिगो विकास लक्ष्य हासिल गर्न नेपाललाई थप सहयोग आवश्यक भएको बताए ।मन्त्री भण्डारीले स्रोत, प्रविधि र साझेदारीका सन्दर्भमा व्यापार, लगानी र पर्यटन जस्ता क्षेत्रमा सहकार्य हुने विश्वास व्यक्त गरे ।अस्ट्रेलिया नेपालको प्रमुख व्यापार साझेदार रहेको बताउँदै मन्त्री भण्डारीले दुई देशलाई फाइदा हुने गरी द्विपक्षीय व्यापार विस्तार गर्न आवश्यक रहेको बताए ।लगानीका दृष्टिकोणले पनि अस्ट्रेलियाको प्रमुख भूमिका रहेको उनको भनाइ छ ।नेपालमा लगानीका लागि प्रशस्त अवसर र सम्भावना रहेको बताउँदै उहाँले सूचना प्रविधि, जलविद्युत र कृषिमा आधारित उद्योगमा लगानीका लागि ५० भन्दा बढी देशका लगानीकर्ताहरू सहभागी लगानी सम्मेलनमा आग्रह गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here