अमेरिकाविरुद्धको टी–२० सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युएसएले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन मात्रै बनाउन सकेको हो ।

पहिलो खेलमा १७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा सुपर ओभरमा जित हात पारेको थियो। तेस्रो खेल जित्दै नेपाल सिरिज क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदानमा छ।

अमेरिकालाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामीले तीन विकेट लिएका छन् । चार ओभर बलिङ गरेका सोमपालले २७ रन खर्चिएर तीन विकेट हात पारेका हुन् । नेपालका लागि रिजन ढकाल र ललित राजवंशीले एकएक विकेट लिए अन्य बलर भने चल्न सकेनन् । नेपालले अहिले जवाफी ब्याटिङ गर्दैछ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here