रौतहटका फतुवा विजयपुर नगरपालिकाले कार्तिक ३ गते आज शनिवारको दिन आफ्नो आठौ नगर सभा अधिवेशन गरेको छ । विभिन्न राजनितिक प्रतिशोध तथा विवादका कारण हुन नसकेको नगर सभा आज सभ्य तथा भव्य रुपमा सम्पन्न भएको छ । नगर सभाको अध्यक्षता पालिकाका कार्यवाहक मेयर अम्बया खातुनले गरेका थिईन भने प्रमुख अतिथीका रुपमा मधेश प्रदेशका अर्थ मन्त्रा सुनिल प्रसाद यादव (जितेन्द्र) उपस्थित भएका थिए । कार्यक्रमका प्रमुख अतिथी अर्थमन्त्री सुनिल यादवले पानसमा बति बाली रिबन काटी कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै पालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार गुप्ताले बितिको बडा दशै र आउन लागेको शुभदिपावली तथा छठ पर्वको शुभकानमा दिदै प्रदेश बाट हुन सक्ने सहयोगका लागि ध्यानाकर्षण गराउदै आफ्नो स्वागत मन्तव्य अन्तय गरेका थिए । नगर सभाको आठौ अधिवेशनमा दुधिआवा मा वि का शिक्षक रंजन खरेलले अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here