काठमाण्डौं, ३० मंसिर ।
नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा० ले उखु किसानको आन्दोलनमा एक्यवद्धता जनाएका छन् ।
काठमाडौंको माइतीघरमा भइरहेको किसानहरुको आन्दोलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र जसपाका नेताहरुपुगेर एक्यवद्धता जनाएका हुन् । नेताहरुले किसानसँगै धर्नामा बसेर आन्दोलनमा एक्यवद्धता जनाए । सो क्रममा कांग्रेस प्रवक्ता शर्माले किसानहरु उखुको मोल खोज्न नभई सरकार खोज्न आएको बताउनुभयो । उखु उद्योगीले आफ्नो व्यक्तिगत समस्या देखाउँदै भुक्तानी नदिएपनि सरकारले भुक्तानी दिलाउन तत्परता देखाउनुपर्ने प्रवक्ता शर्माले बताउनुभयो । यस्तै अहिले सरकारमा बस्नेहरुले कमिसनलाई चिन्ने तर किसानलाई नचिन्ने गरेको बताउनुभयो । चुनावको बेला किसान र मजदूरलाई साथमा लिएर सरकारमा पुगेका मन्त्रीहरुले अहिले तिनै किसानहरुलाई नचिनेको बताउनुभयो । प्रदर्शनमा आउने किसानहरु किसान नै होइनन भन्ने मन्त्रीको भनाई सरकारको आधिकारीक धारणा हो वा होइन भन्दै प्रश्न समेत गर्नुभयो रु
किसानको आन्दोलनलाई एक्यवद्धता जनाउन पुगेका जसपाका नेताहरुले चिनी मिलका सञ्चालकहरुलाई गिरफ्तार गरेर भएपनि किसानको पैसा दिलाउनुपर्ने बताएका छन् । जसपा नेता नवराज सुवेदीले किसानले लिनुपर्ने बाँकी रकम मिल सञ्चालकलाई कारबाही गरेर भएपनि भुक्तानी गराउन सरकारले तत्परता देखाउनुपर्ने बताउनुभयो । सरकारले छिटो भन्दा छिटो किसानका माग पुरा नगरे आफुहरुले देशभरका किसानलाई राजधानीमा उतार्ने चेतावनी समेत दिनुभयो ।
जनता समाजवादी पार्टीको किसान माहासंघ पनि आन्दोलनमा एैक्यवद्धता जनाउन पुगेको थियो । महासंघका केन्द्रीय सदस्य आनन्दराम फुयालले अहिलेको सरकार लोकतान्त्रिक हो भनेर गर्व गर्ने ठाउँ समाप्त भएको बताउनुभयो । सरकार दलालहरुको हो भन्ने कुरा पछिल्ला अभिव्यक्तिहरुबाट पुष्टि भइसकेको पनि उहाँले बताउनुभयो ।
उखुको भुक्तानी माग गर्दे आन्दोलनमा सहभागि हुँदै आउनुभएका सर्लाहीका उखु किसान गजेन्द्रप्रताप सिंहले सरकारले किसान प्रति गरेको व्यवहार सकारात्मक नभएको बताउनुभयो । किसानले कपडा लागाएर आन्दोलन गर्दा सरकारले विचौलिया देखेको भन्दै दुःख व्यक्त गर्नुभयो । उद्योगीहरुले ठेक्कापट्टाका लागि लिएको ऋण उखुबाट उत्पादन भएको चिनी विक्री गरेको रकमबाट तिर्ने तर किसानलाई भुक्तानी नदिने प्रवृतिले आफुहरु मारमा परेको पनि बताउनुभयो ।
उखु किसानहरु उद्योगीबाट लिनुपर्ने भुक्तानी दिलाइदिन माग गर्दै आइतबार यता काठमाडौंको माइतिघरमा आएर आन्दोलन गरिरहेका छन् । चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नतिरेकोले भुक्तानी पाउनुपर्ने माग गर्दै उखु किसानहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।








