द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रको रूपमा ‘शाम्बाला’ छनोट भएको छ ।

समितिका अध्यक्ष राजु खत्री क्षेत्रीले एक प्रेस विज्ञप्ति जारी गर्दै चलचित्र ‘शाम्बाला’लाई नेपालको तर्फबाट ९७औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा सामेल गरिने जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति ९नेपाल० ले दिएको जानकारी अनुसार यस वर्ष अस्कर प्रतिस्पर्धाका लागि प्राप्त एक मात्र आवेदन ‘शाम्बाला’ नै रहेको छ।समितिका अनुसार चलचित्र ‘शाम्बाला’ ले अस्कर अवार्डका सबै मापदण्डहरू पूरा गरेको छ ।

चलचित्रको प्राविधिक पक्ष, कथानक प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक बुनोटलाई विशेष ध्यानमा राखी उक्त चलचित्रलाई प्रतियोगिताका लागि छनोट गरिएको हो ।  नेपाली चलचित्र जगतमा यस चलचित्रको विशिष्ट स्थान रहने विश्वास गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here