काठमाडौं । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने खेलकुद क्षेत्रको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड कार्यक्रमको मिति घोषणा तथा मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर भएको जानकारी दिएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको छ ।

स्पोर्टस अवार्ड कार्यक्रमलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउने अभियानस्वरुप अवार्डको पूर्वसन्ध्यामा एआईपीएस एसिया कंग्रेस पनि आयोजना गर्न लागिएको छ । उक्त कंग्रेस भदौ २५ देखि २८ सम्म हुनेछ । कंग्रेसमा एसियाका ३३ देशका खेलकुद पत्रकारहरुको उपस्थिति रहनेछ ।

सदाझै यस वर्ष पनि पल्सर स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा ग्रुपको बजाज पल्सर मोटरसाइकललाई निरन्तरता दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च र गोला ग्रुपबीच अवार्डकै लागि सहकार्य भएको यो १६ औं वर्ष हो ।

यस वर्ष अवार्डमा १० विधा समावेश गरिएको छ । जसमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहेको छ ।

मुख्य प्रायोजन सम्झौताअनुसार गोल्छा ग्रुपले वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी ५ विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गर्नेछ ।

अन्य चार विधा टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट अन्य विधाका विजेतालाई गतवर्षहरुमा ५० हजारले सम्मानित गर्दै आएकोमा यसपाली त्यसलाई बढाएर नगद १ लाख रुपैया बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here