काठमाडौं । ‘एक वृक्ष राष्ट्रको नाममा’ भन्ने नारासहित देशव्यापी एक करोड वृक्षारोपण अभियानको सुरु भएको छ ।जलवायु परिवर्तन र बाढी–पहिरो न्यूनिकरण गर्नका लागि सुरु गरिएको यस अभियानको सोमबार वनमन्त्री ऐन बहादुर शाहीले पशुपति क्षेत्रमा वृक्षारोपण गर्दै उद्घाटन गरे ।काठमाडौंको पाशुपत क्षेत्र अन्तर्गत भण्डारखाल उद्यानमा कायक्रमको उद्घाटन भएसँगै देशभर मेचीदेखि महाकालीसम्म एक साथ वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिएको हो ।कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वनमन्त्री शाहीले सरकारले कार्यक्रमलाई अघि बढाउन मद्दत गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।सरकार समेत वर्तमान प्राकृतिक विपद्का घटनाप्रति गम्भिर भएको भन्दै वृक्षारोपणले समस्या समाधानमा वहुआयामिक लाभ पु¥याउने शाहीले बताए ।यस्तै, अभियान सुरु गरेको भगवती मानव कल्याण संगठनले विगत १६ बर्षदेखि नेपालमा भय, भोक र भष्टाचार मुक्त समाज र नशा–मांशाहारमुक्त चरित्रवान समाज निर्माण गर्ने लक्ष्य लक्ष्य अन्तर्गत विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।संगठनले चलाएको नशामुक्ति अभियानमा हालसम्म ५ हजार परिवारलाई नशामुक्त गरिसकेको संगठनले दाबी गरेको छ ।संगठले नशामुक्त नेपाल–समृद्ध नेपालको देशव्यापी अभियान अन्तर्गत अध्यात्मिक अनुष्ठान, पदयात्रा, सचेतना र खबरदारीका विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here