रौतहट, १३ जेठ ।
रौतहटको दुर्गा भगवती गाउँपालिकामा मंगलवार विहान नागरिक सुनवाई कार्यक्रमको आयोजना गरियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा दुर्गा भगवती गाउपालिका स्थित सरस्वती माध्यमिक विद्यालयको सभाकक्षमा आज विहान आयोजित नागरिक सुनवाई कार्यक्रममा स्थानीय बासिन्दाहरु खुलेर आ आफना गुनासा एवं सुधार गर्नुपर्ने धारणाहरु राखे ।सहायक प्रमुख जिल्ला अधिकारी किरण निधी तिवारीको सभापतित्व तथा दुर्गा भगवती गापा अध्यक्ष शम्भु कुमार सिंहको प्रमुख आतिथ्यमा भएको नागरिक सुनवाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी नेत्रमणी गिरी, गापा उपाध्यक्ष शिला देवी, डिएसपी दिपककुमार राय, वडाध्यक्षद्वय धर्मेन्द्रकुमार झा (डिके) र रामानन्द यादव, नेकपा (एस) का केन्द्रीय सदस्य रेबन्त झा, राप्रपाका केन्द्रीय सदस्य रोशन झा, पूर्व प्रधानाध्यापक रविन्द्र झा, समाजसेवी छोटन सिंह, आदर्श झा, आलोक पाण्डे, विरेन्द्र पाण्डे सहितका समाजसेवी, नागरिक समाज, राजनीतिक दलका अगुवा, संचारकर्मीहरु सहित स्थानीय बासिन्दाहरुको चासोका साथ नागरिक सुनवाई कार्यक्रममा उपस्थित भई आ आफना समस्याहरु राखेका थिए ।नागरिक सुनवाई कार्यक्रममा आफना धारणा राख्दै गाउँपालिकाका अध्यक्ष शम्भुकुमार सिंहले वडा नम्बर ५ वडहर्वा गाउँमा सडकको विषयलाई लिएर भएको घटनामा सत्ताको दम्भमा कसैको निजी जग्गामा बाटो बनाउन लाग्दा जग्गा वालाले प्रतिकार गर्दा उनीहरुसंग दुव्र्यवहार भएको भन्दै प्रहरीद्वारा उनीहरुलाई  नियन्त्रणमा लिएको कार्य प्रति गम्भीर आपत्ती जनाउदै तुरुन्तै स्थानिय सरकार, न्यायिक समिती, वडा अध्यक्ष लगायतको रोहबरमा छलफल गराइ पिडितलाई न्याय दिलाउनको लागि आग्रह गरे ।नेकपा एसका केन्द्रीय सदस्य रेबन्त झाले जनताहरुलाई सेवा सुविधा एवं सुशासनको प्रत्याभुमित दिएमा मात्रै लोकतान्त्रिक गणतन्त्र बलियो हुने अन्थ्या प्रश्न चिन्ह खडा भईसकेको अवस्थामा राजनीतिक दलहरुले निर्वाह गर्नुपर्ने भुमिकाबाट पन्छिनु नहुने बताए । जिल्लामा नेपाल प्रहरी भन्दा सशस्त्र प्रहरीले सय गुना बढि आम नागरिकलाई दुख दिदै आएको गम्भीर आरोप लगाउदै केन्द्रीय सदस्य झाले १० जना अपराधी छुटुन तर १ जना पनि निरअपराधि सजाय नपाओस प्रहरीको धारणा रहे पनि यहाँ त दोषी खुलेयाम खुमि रहेको र निर्दोषलाई प्रहरीले थुनामा राखिने प्रवृतिको खुलेर आलोचना गरे ।यसैगरी राप्रपाका केन्द्रीय सदस्य रोशन झाले नागरिकलाई हरेक क्षेत्रमा पेलिएको छ, दमन गरिएको छ, सीमापारबाट आउदै गर्दा भन्सारमा अनावश्यक रुपमा दुख दिएकै छ, खेतीकिसानीको समयमा मलविउ नपाउदा सीमापारीबाट ल्याएपछि अनावश्यक प्रहरीको टर्चर खेप्नु परेको जस्ता कार्य तत्कालै रोक्नुपर्ने र जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने सेवा सुविधालाई सरल र छरितो बनाउने तर्फ ध्यान जानुपर्ने धारणा राखे ।
वडा नम्वर ३ का वडाध्यक्ष धर्मेन्द्रकुमार झाले कसैको प्रतिशोधको सिकार आम नागरिकलाई बनाउन नहुने आग्रह गर्दै पिडितलाइ न्याय र पिडकलाइ सजाय दिलाउनु प्रहरीको कर्तव्य रहेको धारणा राखे । गाउँघरमा अनावश्यक रुपमा गरने प्रहरीको व्यवहार एवं आचरणमा सुधार ल्याई मुस्कान सहितको सेवा प्रदान गरिएमा मात्रै समाजमा अमन चैन वा शान्ति सुरक्षा कायम गर्न सकिने बताए ।नागरिक सुनवाइमा उठेका प्रश्न एवं सुझावहरुलाई आत्मसाथ गर्दै रौतहट प्रहरीका एसपी नेत्रमणी गिरीले नागरिकहरुको जिउधनको सुरक्षा, जिल्लामा भएका विविध घटना तथा परिघटनाहरुमा प्रहरीले सशक्त भूमिका निर्वाह गर्दै आएको बताए । अपराध अनुसन्धान तथा नियन्त्रण, दुर्घटना न्युनिकरण, नागरिकहरुलाई सचेतना र शान्ति सुरक्षाका क्षेत्रमा प्रहरीले जस्तो सुकै अवस्थामा समेत दायित्व र जिम्मेवारी पुरा गरेको दावी गरे ।प्रहरी अनुसंधान गरेर नै कुनै पनि मुद्दा प्रक्रिया अगाडी बढाउने गरेको भन्दै प्रहरी युनिटहरुमा रहेको दरबन्दी अनुसारको प्रहरी कर्मचारी व्यवस्थापन र चौकीको आवश्यकता पुरा गर्न पहल गर्ने बताए । प्रहरीले ठाउँ ठाउँमा माहिनावारी उठाएको गुनासो आएको छ त्यस सम्बन्धमा अनुसंधान गरेर त्यस्तो गरेको देखिएमा कारवाही गरिने प्रतिबद्धता जनाए ।सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधी तिवारीले समाजमा रहेको वेथिती र विसंगती सहित अपराध न्यूनिकरणमा प्रहरी एक्लैको प्रयासबाट सम्भव नहुने बताउँदै समुदाय स्तरमा सचेतना बढाउने, नागरिकहरुको कर्तब्य र दायित्व बोध गराउने, समुदायमा रहेका विभिन्न तह र तप्काका ब्यक्तिहरुसँग अन्तरक्रिया गर्ने, सुझावहरु संकलन गर्ने र सुधार गर्दै लैजानु आवश्यक रहेको आवश्यक्ता महसुस गरे ।स्थानीय शिक्षक दिपक चौधरीले कार्यक्रम संचालन गरेका थिए भने नागरिक सुनवाईमा उपस्थित सम्पूर्ण महानुभावलाई सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र साहले स्वागत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here