काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री प्रकाशशरण महतले प्रदेश सरकारमा सुशासन, नीति निमार्णको कोणबाट काम गर्ने प्रतिबद्धता नेपाली काङ्गेसको नेतृत्वबाट हुनुपर्ने बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रादेशिक संरचनामाथि नै प्रश्न उठेको अवस्थामा प्रदेश सरकारहरुले इमान्दार र प्रतिबद्ध भएर काम गर्नुपर्ने बताए ।उनले भने, ‘यो प्रादेशिक संरचनाले हाम्रो देशलाई अगाडि बढाउन मद्धत गरेको छ कि छैन् भन्ने खालको प्रश्न आम नागरिक र पार्टीभित्रै पनि उठ्ने गरेको छ । यसअर्थमा प्रदेश संरचना हेर्नेहरुको जिम्मेवारी अलि बढि छ । यो सार्थक रुपमा जुन प्रदेश सरकारहरुले सुशासन, नीति निमार्णको कोणबाट काम गर्ने प्रतिबद्धता नेपाली काङ्गेसको नेतृत्वमा रहेकाहरुले गर्नुपर्छ ।’उनले पार्टीभन्दा पहिला देश र जनता आउने भन्दै प्रदेशमा प्राप्त भएका बजेटलाई अनावश्यक खर्च नगर्न पनि आग्रह गरेका छन् ।







