नेपालका अभिषेक बरालले छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा बिहीबार रजत पदक जितेका छन् ।इन्डोनेसियाको जकार्तामा जारी प्रतियोगिताको पुरुष ८० केजीमुनि फाइनलमा अभिषेक आयोजक राष्ट्रका खेलाडीसंग पराजित भएपछि रजतमा सीमित भए ।फाइनल यात्रा तय गर्न अभिषेकले इन्डोनेसिया, फिलिपिन्स र पाकिस्तानका खेलाडीलाई हराएको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् ।अध्यक्ष खड्गीका अनुसार २६ राष्ट्रको सहभागिता रहेको यो जि टु ¥याङकिङ प्रतियोगिता हो ।प्रतियोगितामा अभिषेकसँगै नेपालबाट १० खेलाडी सहभागी छन् । अभिषेकसंगै ६ खेलाडी क्योरोगी तथा बाँकी ४ खेलाडी पुम्सेमा सहभागी छन् ।ग्योरोगीमा अभिषेक डल्लाकोटी, सुजबकुमार यादव, भीमबहादुर खड्का, वर्षा थापा र अनिश घिसिङ पदकविहीन बने ।पुम्सेमा यबन्दिन दाहाल, सरोज तामाङ, कुमार तामाङ र देवराज काम्छाले शुक्रबार प्रतिस्पर्धा गर्ने छन् । नेपाली टोलीको प्रशिक्षकमा विकेश विडारी छन् ।टोलीलाई प्रोत्साहन स्वरुप काठमाडौं जिल्ला तेक्वान्दो संघले पोशाक प्रदान गरेको थियो ।जिल्ला संघले जि १ ¥याङकिङदेखि माथिका तेक्वान्दो प्रतियोगितामा सहभागी हुने टोलीलाई पशोक प्रदान गर्ने गरेको अध्यक्ष खड्गीले जानकारी गराए ।सरोज, अनिश र देवराज बाहेकको टोली ताइपेई सिटी कप तेक्वान्दो प्रतियोगितामा सहभागी हुने बताइएको छ । प्रतियोगिता अक्टोबर २४ देखि २७ तारिखसम्म ताइपेईंमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here