काठमाडौ ।
काठमाडौ उपत्यका सहित देशभर भारी वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ।
मनसुनी वायुको प्रभावले देशभर अहिले पूर्णतया बदली रही वर्षा भइरहेको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ ।
शुक्रवार रातिदेखि नै अविरल वर्षा भइरहेको छ ।
काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती नदीमा बाढी आएको छ ।
नदी छेउका बस्तीहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।
ललितपुरका धापाखेल, शंखमुल लगायतका नदी किनार छेउका सुकुम्वासी बस्तीमा बाढीका जनजीवन प्रभावित भएको छ।