खानेपानी मन्त्री प्रदीप यादवले जलश्रोतको दोस्रो धनि देश भनेर चिनिने नेपालमा खाने पानीको लागि जनताले आन्दोलन गर्नुपर्ने अवस्था दुखद् रहेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको चौथो अधिवेशन सहितको छैठौं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले, सुरक्षित खानेपानी आपूर्ति र सरफाईले आर्थिक उन्ननीको जग निर्माण गर्ने भएतापनि अझै खानेपानी तथा सरसफाईको क्षेत्रमा चुनौतीहरु रहेको बताए ।

उनले भने,‘नेपालको आर्थिक सामाजिक विकासमा खोनपानी र सरसफाई क्षेत्रको महत्व हामी सबैलाई अवगत नै छ । सुरक्षित खानेपानी आपूर्ति र सरफाईले आर्थिक उन्ननीको जग निर्माण गर्दछ । तर अझै खानेपानी तथा सरसफाईको क्षेत्रमा केही चुनौतीहरु यथावत नै छ । जलश्रोतको धनि देश नेपाल भनेर गरौव गछौं तर जनता पानीको लागि आन्दोलन गर्छन् ।’

उनले खानेपानी तथा सरसफाईको क्षेत्रमा नयाँ सोच र दृष्टिकोणकासाथ अगाडी बढ्ने मार्गचित्र महासंघले तयार गरिरहेकोमा धन्यवाद दिए ।

मन्त्रालय एक्लैले मात्र खानेपानीको समस्या समाधान गर्न नसक्ने भन्दै महासंघ र मन्त्रालयको सहकार्यमा खानेपानीको आपूर्ति गर्न सफल हुने उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here