काठमाडौं ८ जेठ, ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले राष्ट्रियसभा बैठकमा पनि अवरोध गरेका छन् ।बैठक सुरू हुनासाथ आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरिरहेका छन् ।कांग्रेससहित विपक्षी दलका सांसदहरूको विरोधका बीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गर्ने कार्यसुची छ ।








