रौतहट ।
रौतहटको गरुडा नगरपालिका स्थित जयनगर चोक नजिक यात्रुबाहक बस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने ८ यात्रु घाइते भएका छन् । गौरबाट भैरहवा तर्फ गईरहेका ना.७ ख.८४१४ नम्वरको बस गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने गरुडा नगरपालिका वडा नम्वर १ स्थित जयनगर चोकमा शनिवार विहान ७ः४५ बजेको समयमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका वडा नम्वर ३ भेलहीका शैलेन्द्र कुमार गिरीको १८ बर्षिया छोरी नेहा कुमारी गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
अन्य आठ जना घाइतेहरुको शिवनगर र गरुडामा उपचार भईरहेको बताउदै डिएसपी गिरीले बस चालक फरार रहेको हुँदा निजको खोजी कार्य भईरहेको तथा दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिइन् । दुर्घटना सम्बन्धी थप विवरण आउन बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here