रौतहट, १७ फागुन ।

रौतहटको इशनाथ नगरपालिकामा विहिवार भएको टि–२० क्रिकेट मैत्रीपूर्ण खेलमा पत्रकारको टिमलाई कर्मचारीको टिमले २७ रनले हराएको छ ।इशनाथ नगरपालिकाको कर्मचारीको टिमका क्याप्टेन भुदेव झाले टस जितेर पहिलो ब्याटिंग रोजेका थिए । निर्धारित २० ओभरको खेलमा १४ ओभरमै अलआउट भई १०२ रन बनाएर १०३ रनको लक्ष्य पत्रकारको टिम समक्ष कर्मचारीहरुले पेश गरेको थियो ।पत्रकारको टिम १९.४ ओभरमा अलआउट हुँदै मात्रै ७५ रन बनाउन सके । पत्रकारको टिमको रन स्कोर पावर प्लेमा १२ रनमै ४ विकेट गमाएपछि दवावमा परेका थिए । पत्रकार टिमका क्याप्टेन प्रभातकुमार झाले मैत्रीपूर्ण खेलमा हार जितको खासै महत्व हुँदैनन् तर जित हार हुनु स्वभाविकै हो ।इशनाथ नगरपालिकामा क्रिकेट खेललाई अझ उत्साहित बनाउन यस्तो मैत्रीपूर्ण खेलको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले बताए ।इशनाथ नगरपालिकामा संचालित मेयर कप २०८० को उपलक्ष्यमा मैत्रीपूर्ण खेलको आयोजना गरिएका थिए । भोली उक्त खेलको फाइनल हुने भएको हुँदा आजको खाली दिनको सदुपयोग गर्दै मैत्रीपूर्ण खेल कर्मचारी भर्सेज पत्रकार क्रिकेट खेल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here