हरिपुर्वा ,७ फागुन ।
सर्लाहीको हरिपुर्वा नगरपालिकाको अवस्था तनावग्रस्त बनेको छ ।आज हरिपुर्वा नगरपालिका ११ औँ नगरसभाको वार्षिक निति कार्यक्रम तथा बजेट प्रस्तुतिकरणमा जनप्रतिनिधिहरु बिच नै हात हालाहाल भएको हो ।हातहलाहाल भएपछी हरिपुर्वाको अवस्था तनावग्रस्त बनेको छ । जनप्रतिनिधि बिच नै हात पात भएपछी स्थिति झडपमा परिणत भएको छ । दुई पछ बिचको झडपमा हरिपुर्वा नगरपालिकामा रहेको केही थान पलास्टिखो कुर्सीहरु भाचिएको छ । नगर प्रमुख बिनोद साहले एकलौटी रुपमा नगर सभा गर्न खोजेको भन्दै जनप्रतिनिधि बिच विवाद भएको थियो ।
यता नगर प्रमुख साहले नगर सभा सम्पन्न भइसकेको दावी गर्नुभयो । हरिपुर्वाको विकास तथा नगर सभा देख्न नचाहने केही जनप्रतिनिधिले विवाद गराएको नगर प्रमुख साहको आरोप छ ।एक जना हरिपुर्वाका स्थानीयका अनुसार बिगत ८ महिना देखि नगरसभा हुन सकेको थिएन आज नगर प्रमुखले नगरसभा गर्नु भनेको सुन्दर पक्ष भएको जानकारी दिनुभयो ।
अहिले हरिपुर्वा नगरपालिका अगाडी ठुलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
हरिपुर्वा नगरपालिकामा अहिले विभिन्न राजनितिक पार्टीहरु २ गुटमा बाडिएको छ । चालु आव को शुरुवात देखी हरिपूर्वा नगरपालिकामा जनप्रतिनिधीहरु बिच आपसी सहमती नहुदा नगरसभा प्रभावित भइरहेको छ । नगरसभा नहुदा नगरपालिकाको विकास निर्माणको काम लगाएत समाजिक सुरक्ष भत्ता, कर्मचारीलाई तलव,स्वास्थ्यचौकीमा औषधी,कृषि,सिचाई लगायतका कामहरु प्रभावित बनेको छ।
जसको मुख्यकारण छ हरिपुर्वा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको लगातार सरुवा, विगत १० महिनामा ९ वटा प्रमुख प्रशासकिय अधिकृत सरुवा भएको छ । केही बाटो बाट त केही कार्यालय पुगेको १ घण्टा,१ दिन,१ महिनामा सरुवा हुने भएको नगरसभा प्रभावित बन्दै आएको स्थानियहरुको भनाइ छ ।
लामो समय देखी कर्मचारीहरुको तलव रोकिएपछि माघ २८ गते देखी नगरपालिका भित्रका कर्मचारीहरु सम्पुर्ण कार्यालय बन्द गरेर धर्नामा बसेर नगरसभा गराउन दवाव सृजना गरेको थियो । झडपले कर्मचारीको धर्ना पनि प्रभावित बनेको छ ।








