भदौ २०, २०७८ ।
महोत्तरीमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ ।जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट लडेर स्थानीय ६२ वर्षीय खोबारी खानको मृत्यु भएको हो ।शनिबार बारीमा रहेको रुखको हाँगा काट्नेक्रममा उनी अचानक लडेर गम्भीर घाइते भएका थिए ।खानको जिल्ला अस्पताल जलेश्वरमा उचारका क्रममा मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।








