रौतहट,०३ फाल्गुन |

रौतहटको फतुवा विजयपुर नगरपालिकाले बजेट ल्याएको छ । बिहिबार फतुवा विजयपुर नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ । बिजयपुर स्थित नगरपालिकाको सभाकक्षमा बजेट अधिवेशन बोलाईएको थियो । कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रमकाे विशिष्ट अतिथिकाे रूपमा प्रदेश सांसद प्रत्यासी शेख सेराज रह्नु भएको थियाे ।नगरपालिकाले सातौं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएको छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ४८ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । विभिन्न कारणबस ढिलै भएपनि नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । धेरै उत्साहका साथ सम्पन्न भएको सातौं नगरसभा बाट फतुवा विजयपुर नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो ।

No description available.
कार्यवाहक नगरप्रमुख खातुनको आदेशाअनुसार प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले नीति कार्यक्रम बाचन गरेका थिए भने लेखा प्रमुख नवीन यादवले बजेट वक्तव्य पढेर सुनाउनु भएको थियो ।नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ४८ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो । नगरको चौतर्फि विकासको लागि यसै चालु आर्थिक वर्ष २०८०÷८१ का लागि ४८ करोड ०५ लाख ८८ हजार २ सय रुपैयाँको बजेट पारित गरिएको प्रमुख प्रशासकिय अधिकृत प्रधानले जानकारी गराउनु भयो ।यस वर्ष स्वास्थ्य सेवा,कृषि तथा पशुुपालन,शिक्षा, भौतिक पुर्वाधार निर्माण कार्य,पर्यटन विकास लगायतको विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको यादवले बताए ।
सो नगरपालिकाको संघिय वितिय समानीकरण अनुदान ११ करोड १० लाख,प्रदेश वितिय समानीकरण अनुदान ८० लाख ६२ हजार,संघिय राजश्व बाँडफाँड ९ करोड ८२ लाख १४ हजार २ सय ,प्रदेश राजश्व बाँडफाँड २५ लाख ,संघिय सशर्त अनुदान चालुु १९ करोड १६ लाख १२ हजार,संघिय सशर्त अनुुदान पूँजिगत २ करोड १५ लाख,प्रदेश सशर्त अनुदान ८० लाख,प्रदेश सम्पूरक अनुदान २० लाख,प्रदेश विशेष अनुदान ३० लाख,नदि जन्य पदार्थ विक्री वितरण १ करोड ५० लाख,मालपोत बाँडफाँड बाट प्राप्त १ करोड २० लाख,नगरपालिका स्तरीय मालपोत सिफारिस दस्तुर ३० लाख,सडक बोर्ड ४७ लाख गरि कुल ४८ करोड ५ लाख ८८ हजार २ सय बजेटको आयको प्रक्षेपण गरिएको छ ।कार्यक्रम सञ्चालन प्रमोद गुप्ता र सुधिर यादवले गर्नु भएको थियो । सो अवसरमा वडा नम्बर १ का वडा अध्यक्ष बिजय यादव,वडा नम्बर २ का वडा अध्यक्ष अनिरूद्व यादव,वडा नम्बर ३ का वडा अध्यक्ष रामईश्वर यादव,वडा नम्बर ४ का वडा अध्यक्ष सतिश कुमार यादव,वडा नम्बर ८ का वडा अध्यक्ष नितेश चौधरी,वडा नम्बर ९ का वडा अध्यक्ष राकेश यादव सहित सबै वडाका वडा अध्यक्षहरू,जनप्रतिनिधिहरू,पत्रकार,सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here