रौतहट, १९ पुस । व्यापारीलाई फोनबाट लाखौं रकम माग्ने एक जना व्यक्तिलाई रौतहट प्रहरी नियन्त्रणमा लिएर आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि कसुर अन्तर्गत अनुसन्धान गरेर कारवाही अघि बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा आयोजित पत्रकार सम्मेलन मार्फत फोनबाट धाक धम्की तथा रकम असुली गर्ने व्यक्ति जिल्ला रौतहट फतुवा विजयपुर नगरपालिका वडा नम्वर ८ का ३४ बर्षिय श्रीभगवान साहलाई प्रहरीले सार्वजनिक गरेको हो ।
रकम असली गर्न साहले मोवाइल नम्वर ९८०१५७७५१० एनसेलको नम्वरबाट ति व्यापारीको मोवाइलमा पुस १० गते देखि लिएर १८ गते सम्म पटक पटक फोन मार्फत व्यपारी र उनको छोराछोरीलाई ज्यानमार्ने धम्की दई पाँच लाख देखि लिएर पचास लाख सम्म रकम माग गरेको खवर प्राप्त भएपछि प्रहरीले गहन अनुसन्धान एवं छानविन गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् ।
पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखेर अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि कसुरमा मुद्दा प्रक्रिया पुरा गरेर कारवाही अघि बढाइएको डिएसपी गिरीले भनिन । यस कसुर २१ को दफा ३५३ अनुसार ७ बर्ष कैद र ७० हजार जरिवानाको प्रावधान रहेको छ ।
रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले व्यापारीको नाम खुलाउदा उनको सुरक्षामा पर्न सकिने खतरालाई मध्य नजर राख्दै उनको नाम गोप्य राखिएको बताए । यस्ता अपराधिक कार्यहरुलाई निष्तेज पार्न नागरिक समुदायबाट आएको सुचनालाई अति गोप्य राख्दै गहन छानविनबाट निज कसुरवाला साहलाई नियन्त्रणमा लिन सफल भएको उनले स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here