रौतहट, १९ पुस । मधेश प्रदेशको आर्थिक नगरी वीरगंजमा संचालि प्रधानमन्त्री एक दिवसिय प्रतियोगितामा रौतहटबाट सहभागी हुन खेलाडीहरुलाई विहिवार गौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले विदाई गर्दै विजय भएर आउन अग्रिम शुभकामना दिए ।
रौतहट टिममा छनौट हुनमा सफल भएका अरविन्द जयसवाल (उप क्याप्टेन), आयान मुखिया, डब्लु मल्लिक, सोभिन्द्र पासवान, रणवीर यादव, राज पटेल, विजय गुप्ता (विकेट किपर) नितेश यादव, सन्नी साह (क्याप्टेन), राजेश यादव, नरेश साह, अरविन्द बैठा, सुमित यादव र रेहान जाकिर गरी १४ सदस्यीय टिम तयार पारेर त्यस तर्फ पठाउनु अघि गौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतले विदाई गर्दै जितको अग्रीम शुभकामना दिएका हुन् ।
टिम म्यानेजरको रुपमा प्रमोद मुखिया र कोच धर्मेन्द्र जयसवालले खेलाडी लिएर विरगंज तर्फ प्रस्थान गरेको जानकारी दिदै रौतहट क्रिकेट संघका कोषाध्यक्ष विकास विक्रान्त नेपाल (पालु) ले शुक्रवार भोली महोत्तरी संग र शनिवार धनुषा संग खेल्ने बताए । साताव्यापी रौतहट गरुडामा बन्द शिविरबाट खेलाडी छनौट गरी पठाइएको उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here