दाङ ५ असोज ।
दाङका एक जनाको मलेसियामा मृत्यु भएको छ। बबई गाउँपालिका ५, बबरपुर निवासी १९ वर्षीय दीपक खड्काको मृत्यु भएको हो। करिब एक वर्षअघि वैदेशीक रोजगारीको शिलशिलामा मलेसिया गएका खड्का गत आइतवार मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका थिए। उनको टाउकोमा गम्भिर चोट लागेको थियो। घाइते खड्काको मलेसियामा रहेको टुन्का जाफर सेरेम्बाङ रासा अस्पतालमा उपचारको क्रममा आइतवार मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here