रौतहट, १४ पुस ।
लोकप्रिय बन्दै गएको क्रिकेट खेललाई गुणस्तरिय खेलाडी उत्पादन गर्न यही पुस १७ गते देखि गौरीशंकर यादव प्रिमियर लिग (जीपीएल) खेलको सुरु हुन लागेका छन् ।गौरीशंकर यादव प्रतिष्ठानद्वारा शनिवार गौरको साइमोन होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रतिष्ठनका अध्यक्ष मोहन यादवले नेपालमा क्रिकेट खेल प्रति बढ्दै गएको क्रेजलाई मध्यनजर राख्दै गौरबाट उत्कृष्ठ खेलाडी छनौट गर्नमा मद्दत पुग्ने विश्वासका साथ गुणस्तरिय खेलाडी छनौट गर्ने उद्देश्यबाट जीपीएल पुस १७ गते देखि राइस मिल्समा संचालन हुन गईरहेका हु्न् ।नेपाल क्रिकेट काँउन्सी (क्यान)को,नीयमकानुनलाई अंगिकार गर्दै गौरीशंकर यादव प्रिमियर लिग (जीपीएल) संचालनको आवश्यक सबै तयारी पुरा भईसकेको जानकारी दिदै यादवले गौर नगरपालिकामा रहेका ९ वटा वडाका टिमहरु समावेश भएको र ११ दिन सम्म जीपीएल हुने प्रतिष्ठानका अध्यक्ष मोहन यादवले जानकारी दिए ।सो पत्रकार सम्मेलनमा जीपीएल आयोजक समितिका शुभचिन्तक एवं रौतहट क्रिकेट संघका सदस्य गौतम श्रेष्ठले जीपीएलमा सहभागी हुने हरेक टिमका ११ जना खेलाडीलाई म्याच फि समेत उपलब्ध गराईनछ । प्रतियोगिता अवधीभरीमा खेलाडीहरु पूर्ण अनुशासित रहन आग्रह गर्दै यदी कुनै खेलाडी खेलभावना विरुद्ध कुनैपनि कार्य गरेमा सम्पूर्ण म्याच फि काटिने समेत स्पष्ट पारे ।क्यानले निर्धारण गरिएका अम्पायर, प्रतियोगितामा राम्रो खेलेर आफनो टिमलाई जिताएर म्यान अफ दि म्याच हुने खेलाडीलाई ११११ रुपैयाको नगद पुरस्कारको व्यवस्थापन गरिएको छ ।जीपीएलमा सहभागी टिमहरु क्रान्तिद्वार ११, बाणेश्वर ११, शिवगंगा ११, सोवर्णामाई ११, बरहवा ११, सबगण्ढा ११, सिसवा ११, दरवार ११, सिर्सिया ११ र गौर राइनो गरी १० टिमको सहभागीता रहेको गौरीशंकर यादव प्रतिष्ठानले जनाएको छ ।हरेक दिन दुई म्याच हुने र हरेक टिमले पाँच म्याच खेल्नेछ । सो पत्रकार सम्मेलनमा रौतहट क्रिकेट संघका कोषाध्यक्ष विकासविक्रान्त नेपाल (पालु), नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा क्यानको मान्यता प्राप्त अम्पायर सागर यादव, सहित संचारकर्मीहरु तथा खेलाडीहरुको सहभागीता रहेको यादवले जानकारी दियो ।