रौतहट ११ भदौ
रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ मुडवालका एक वृद्धको मृत्यु भएको हो। उनको उपचारको क्रममा मृत्यु भएको डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो । ८० बर्षीय बृध्द उनलाई स्वास फेर्न गाह्रो भएर तराइ हस्पिटलमा भर्ना गरिएको थियो। कोरोना भाइरसको आशंका लागेर तराइ हस्पिटलले उनलाई नारायणीमा पिसिआर परिक्षणको लागि पठाएको थियो। उनको त्याँहानै मृत्यु भएको बताइएको छ। तर उनको पिसिआर रिपोर्ट भने आउँ बाँकी छ।







