कञ्चनपुर, ११ पुस |

संविधानमा भएका दलितसम्बन्धी व्यवस्था पूर्णरुपमा कार्यान्वयन गराउनका लागि कञ्चनपुरमा दबाबमूलक अभियान सञ्चालन गरिएको छ । ‘हामी हाम्रा लागि पटक–पटक लड्यौँ, अरुका लागि अब उठौँ लडौँ’ भन्ने कञ्चनपुर जिल्लाव्यापी अभियान सञ्चालन गरिएको छ ।निर्णायक तहमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि जिल्लाका नौवटै स्थानीय तहमा अभियान सञ्चालन गरिएको दलित अगुवा शिवी लुहारले बताउनुभयो । “अभियानअन्तर्गत नौवटै स्थानीय तहमा समिति गठनको कार्य अगाडि बढाएका छौँ।उहाँका अनुसार पालिकास्तरमा गठन भएका समितिले दलित समुदायको हकअधिकारका लागि जागरण ल्याउन बैठक, छलफल, अन्तक्र्रियासँगै दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने छन् । पालिकामा गठन हुने उपभोक्ता समिति, विकास निर्माणसम्बन्धीका समिति, विषयगत समिति, रोजगारीलगायतमा क्षेत्रमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउनका लागि समितिले पैरवी गर्ने बताइएको छ ।दलित समुदायका हकअधिकारका लागि लडने छ ।” आवश्यकताका आधारमा स्रोत व्यवस्थापन गरी परिचालन गर्ने, दलित हकअधिकार तथा जातीय विभेद अन्त्यका लागि निरन्तर पैरवी गर्न पालिकास्तरमा गठन हुने समितिले भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो ।समितिले संविधानमा भएका दलितसम्बन्धी व्यवस्थाका लागि पैरवी गरी अधिकार स्थापना गर्ने, संविधानको धारा २४, ३६ र ४० मा दलितसम्बन्धी व्यवस्था लागू गर्न निरन्तर वकालत गर्ने कार्यसँगै निःशुल्क उच्च शिक्षा, प्राविधिक शिक्षामा दलित समुदायका विद्यार्थीको पहुँच अभिवृद्धि गर्नका लागि वकालत गर्ने अधिकारकर्मी भुलको भनाइ रहेको छ ।स्थानीय तहमा रहेका दलित जनप्रतिनिधिको छुट्टै समिति गठन गरी स्रोतमा दाबी गरी आयस्रोत वृद्धि गर्ने, स्थानीय तहको हरेक निकायमा दलित समुदायको निर्णायक प्रतिनिधित्व गराउने र अशक्त दलित समुदायलाई निःशुल्क उपचारका लागि पहल गर्ने बताइएको छ । अभियानअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा अनिता नेपालीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ । अन्य पालिकामा क्रमशः समिति गठन गर्दै दलित समुदायलाई सङ्गठित गर्दै लैजाने कार्यक्रम अगाडि बढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here