गलेश्वर, २६ साउन (रासस) |

म्याग्दीको थामडाँडा सामुदायिक वन देशभरकै दोस्रो उत्कृष्ट सामुदायिक वन घोषित भएको छ । बिहीबार सामुदायिक वन दिवस, २०८० का अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा म्याग्दीको बेनी नगरपालिका वडा नं ४ स्थित थामडाँडा सामुदायिक वन देशभरका २२ हजार पाँच सय सामुदायिक वनमध्ये दोस्रो उत्कृष्ट सामुदायिक वन घोषित भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो । सोही अवसरमा थामडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देवबहादुर घलेलाई दोसल्ला र प्रमाणपत्रसहित रु ७५ हजार नगर पुरस्कार प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।यसैगरी डिभिजन वन कार्यालय म्याग्दी पनि सम्मानित भएको छ । वन तथा भूसंरक्षण विभागले डिभिजन वन कार्यालय म्याग्दीलाई सम्मान गरेको हो । “यो म्याग्दीका लागि खुसीको खबर हो, जिल्लाका हरेक सामुदायिक वनलाई नमुना बनाउने हाम्रो प्रयास रहनेछ ।

काठमाडौँमा आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो, मन्त्रालयका सचिव डाक्टर रेवतीरमण पौडेल, वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले थामडाँडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देवबहादुर घलेलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।विभागले देशभरका सामुदायिक वनबीच प्रतिस्पर्धा गराएर गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्रदान गरेको हो । यस वर्ष मोरङको कमलपुर सामुदायिक वन प्रथम भएको छ । सामुदायिक वनको संरक्षण, सम्वद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षण एवं गरिबी न्यूनीकरणमा समेत पु¥याएको योगदानको मुल्याङ्कन गरी थामडाँडा सामुदायिक वनले दोस्रो उत्कृष्ट पुरस्कार हात पारेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here