दाङ,३०,मंसिर ।

दाङ टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा प्युठानको झिम्रुक गाउँपालिका-४ बाङ्गे का १७ वर्षीय विशाल जिसी र नौबहिनी गाउँपालिका-६ लुङ का १८ वर्षीय सागर केसी रहेका छन् ।तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा१क १३०७ नम्बरको टिप्परले घोराहीबाट तुलसीपुरतर्फ गइरहेका रा२प ५५८९ नम्बरको मोटरसाइकललाई शुक्रबार राति सवा ९ बजे दाङको घोराही उपमहानगरपालिका-१० झारबैरा चोकमा ठक्कर दिएको थियो ।टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले बताए ।प्रहरीले टिपर चालक रोल्पाको रुन्टीगढी गाउँपालिका-९ का २६ वर्षीय ईश्वर बुढालाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here