काठमाडौँ, १४ मङ्सिर |

स् सभामुख देवराज घिमिरेले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन अपिल गर्नुभएको छ ।नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै सभामुख घिमिरेले आर्थिक मन्दी र व्यावसायिक वातावरण नभएको प्रचार गरी मुलुकको अर्थतन्त्र कमजोर बनाउने भन्दा पनि सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन अनुरोध गर्नुभएको हो ।आर्थिक मन्दी रहेको, व्यावसायिक वातावरण नभएको जस्ता नकारात्मक प्रचार गरी मुलुकको अर्थतन्त्रलाई कमजोर नबनाउन अनुरोध गर्दछु ।” उहाँले अर्थतन्त्रका समस्या समाधान गर्न राजनीतिक प्रतिबद्धतासहितको लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नैपर्ने बताउनुभयो । सभामुखका हैसियतले लगानीमैत्री कानून निर्माणको नेतृत्वका लागि मेरो प्रयत्न हुनेछ ।कोभिड महामारीले थलिएको अर्थतन्त्र सुधार गर्न, नेपाली व्यवसायीहरुको आत्मविश्वास बढाउन र लगानीमैत्री वातावरण बनाउँदै आर्थिक गतिविधि वृद्धि गर्न मेला सफल हुने विश्वास सभामुखले व्यक्त गर्नुभयो ।नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैधले विश्वमा नेपाललाई लगानीको मुख्य गन्तव्यको रुपमा विकास गरी लगानी आर्कषण गर्नु मेलाको उद्देश्य भएको बताउनुभयो । देशमा आर्थिक मन्दी र बढदो व्यापारघाटाप्रति चिन्ता व्यक्त गर्दै निर्यात बढाउनका उत्पादनको प्रर्वद्धन बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सार्क उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष चण्डिराज ढकालले नेपाली उत्पादनलाई बजारमा पु¥याउन विशेष प्रयास हुनुपर्ने र त्यसका निम्ति निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्ने बताउनुभयो | चीनको वाणिज्य मन्त्रालयअन्र्तगतको व्यापार विकास ब्यूरोका उपमहानिर्देशक देङ् बीले मेलामार्फत दुई देशबीचको व्यापारिक सम्बन्धलाई अझ बलियो बनाउने बताउनुभयो । नेपालका लागि चीनका राजदूत छन सङसहित उद्योग वाणिज्य क्षेत्रसँगसम्बन्धित मुलुकका सङ्गठित सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । यही मङ्सिर १८ गतेसम्म सञ्चालन हुने मेलामा नेपालसहित बङ्गलादेश, भारत, चीन र पाकिस्तानका दुई सय १० वटा प्रदर्शनीकक्ष छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here