काठमाडौं ,१७,असार ।

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताउनुभएको छ ।बिहीवार नेपाली काँग्रेसका नेता शेखर कोईराला पक्षधरको भेलामा सहभागी हुन पुग्नुभएका नेता भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताउनुभएको हो । उहाँले सभापति देउवाले पार्टी विधान अनुसार काम गर्न नसकेको बताउनु भयो । अन्य पार्टीले मन्त्रीपरिषद् हेरफेर गरेपनि देउवाले आफ्नो पार्टीमा त्यसबारे बोल्न समेत नसकेको उहाँले आरोप लगाउनु भयो । उहाँले देउवा सत्तामा जाने राजनीतिका लागि सफल व्यक्ति भएको बताउनु भयो । नेता भण्डारीले सभापति देउवाले गुटको प्रतिनिधित्व नगरी सिंगो पार्टीको प्रतिनिधित्व गर्नुपर्ने उहाँको भनाई छ । उहाँले नेता शेखर कोईराला पक्षीय नेताहरुको भेला गुटको भेला नभई विचारको भेला भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो – ‘यो गुटको भेला होइन विचारको भेला हो । हाम्रो पार्टीले छ महिनाको विधान अनुसार पनि काम गर्न नसक्ने, नीति अधिवेशन गर्ने हाम्रो प्रावधान छ । त्यो पनि गर्न नसक्ने । सबैले सरकार पुनर्गठन गर्छन् त्यसको बारेमा पनि कुनै आवाज उठाउन नसक्ने । सिंगो पार्टीको पनि नेतृत्व गर्न नसक्ने भइसकेपछि केही कुरा छलफल हुन्छ । सबै कुरालाई गुटको रुपमा हेर्नु हुँदैन । विचारको रुपले पनि हेर्नुपर्छ । उहाँले पार्टीभित्र, नेपाली काँग्रेसका सभापति सत्तामा जाने राजनीतिको लागि सफल व्यक्तिले गुटको प्रतिनिधित्व नगरेर सिंगो पार्टीको प्रतिनिधित्व गर्दै मुलुकको प्रतिनिधित्व गर्नुस् भन्ने हाम्रो दृष्टिकोण हो । तर उहाँले जुन केन्द्रिय समिति बनाउनुभएको छ, उहाँले जुन भातृ संस्थाहरु बुझाउनु भएको छ । मैले उहाँलाई स्मरण मात्र गराउन चाहन्छु, नेविसंघ गठन गर्न सुशील कोईरालाले आफ्नो व्यक्ति राख्यो भनेर उहाँले नौ महिनासम्म केन्द्रिय समितिको मिटिङ गर्न नदिएको कुराप्रति पनि उहाँले आफूले पनि सम्झिनुपर्छ भन्ने कुरा म यति मात्रै राख्न चाहन्छु ।’
नेपाली काँग्रेसका नेता कोईराला पक्षीय नेताहरुको भेला बत्तिसपुतलीस्थित एक फुडल्याण्डमा जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here