काठमाडौँ, २८ कात्तिक |

सडकमा छोडिएका गाईबाच्छा संरक्षण गर्न माग गरिएको छ । ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ले गाईबाच्छा संरक्षणका नाममा गाईबाच्छा जम्मा गर्ने र अस्तव्यस्त तवरले राख्ने कार्य नगर्नसमेत आग्रह गरेको छ ।“गाईबाच्छा संरक्षणका नाममा गाईपालक किसानलाई सडकमा गाईबाच्छा छाड्न प्रेरित गर्ने संस्कारको विकास नहोस्, छाडिएका गाईबाच्छा कस्ले छाड्यो भन्ने विषयमा निगरानी राख्दै उनीहरुलाई जिम्मेवार बनाउने नीति बन्न जरुरी छ्”, अभियानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । काञ्जी हाउस प्रवेश सँगसँगै उनीहरुको स्वास्थ्य परीक्षण गर्दै अलग क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्नेमा अभियानले जोड दिएको छ ।पाँच वर्षदेखि सडकमा अलपत्र परेका गाईबाच्छाको संरक्षणका लागि ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ कार्यरत छ । पूर्णतया स्वयंसेवी अभियानका रुपमा सञ्चालन हुँदै आएको उक्त अभियानको स्थापनापछि सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धार तथा उनीहरुको लालनपालनको काम हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here