कञ्चनपुर, २८ कात्तिक |

कृष्णपुर नगरपालिका– ६ का विष्णु विकले कृषिमा आईएस्सी एजीसम्म बढ्नुभएको छ । कृषि प्राविधिक पढेका अधिकांशको आकर्षण लोकसेवा पास गरेर सरकारी जागिर खाने नै हुन्छ । जागिरको खोजीमा नहिँडेर विकले फूलखेतीमै भविष्यको सपना बुन्न थाल्नुभएको छ । एक बिघा जग्गामा फूलखेती गरेर उहाँले गतिलो आम्दानी हात पार्न थाल्नु भएको छ ।तिहारको आजसम्म विकले रु ३० हजार बढीको सयपत्री फूल बेचिसक्नु भएको छ । भाइटीकासम्म रु दुई लाखको फूल बेचिसक्ने उहाँको लक्ष्य छ । त्यसका लागि फूलको माग आइसकेको उहाँ बताउनुहुन्छ । दुई वर्षअघिदेखि विकले फूलखेतीलाई व्यावसायिक रुपमा अपनाउँदै आउनुभएको छ ।नगरपालिकाबाट रु ५० हजार अनुदान रकम लिएर विकले फूलखेती सुरु गर्नुभएको हो । पहिलो वर्ष दुई कठ्ठा जग्गामा फूलखेती गरी तिहारका बेला रु २५ हजार आम्दानी भएको उहाँ बताउनुहुन्छ । मल्चि¬ङ प्रविधिमा फूलखेती गरेका विकले तिहारका बेला मात्रै नभएर वर्षभरिनै फूल बेच्नका लागि कैलालीको धनगढीमा पसल राख्ने तयारी गर्नुभएको छ । विकले बारीमा फूलखेती गरी उत्पादन गर्ने र बजारमा पसल राखेर फूलका सजावटदेखि बरमाला, जरिमाला, रजनिगन्धाको माला, बुकी, कार डेकोरेसन, मण्डप डेकोरेसन, कार्यक्रमस्थलको सजावट लगायतका कार्यलाई व्यावसायिक रुपमा गर्ने उहाँ बताउनुहुन्छ । “मौसमी रुपमा मात्रै यहाँ फूल उत्पादन हुने गरेको छ|बाह्रैमास ग्राहकलाई फूल उपलब्ध गराउने योजना छ ।लोकसेवाको तयारी गर्न काठमाडौँ जानुभएका विकले त्यहाँ फूल बेच्न खोलिएका पसल देखेर त्यसबाट प्रभावित भएर फूलखेती थालेको बताउनुभयो ।केही महिना फूल पसलमा काम गर्ने अवसर पाएँ, त्यसबाट धेरै कुरा सिके, घर फर्केपछि फूल खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउने सोच पलायो ।”कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा फूलखेती गर्ने नगरपालिका क्षेत्रका तीन किसानलाई अनुदान रकम उपलव्ध गराइएको बताउनुहुन्छ । “आगामी आर्थिक वर्षमा फुलखेती गर्ने किसानलाई थप अनुदान दिन्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here