अन्नपूर्ण (कास्की), २८ कात्तिक (रासस) |
पोखरा महानगरपालिका–१३ स्थित केवलकार मनकामना नर्सरीका रजिता गुरुङलाई फूल बेच्न भ्याई नभ्याई छ । यमपञ्चक सुरु भएदेखि नै उहाँको व्यस्तता बढेको हो ।रजिताको नर्सरीमा फूल किन्ने पुरानै ग्राहकको भीड छ । भाइटीकाको अघिल्लो दिनभन्दा आज उहाँ बिहानैदेखि व्यस्त हुनुहुन्छ । अझै आज र भोलि त निकै ब्यस्त भइन्छ ।” अघिल्ला वर्षमा जस्तै यो वर्ष पनि उहाँले चार हजार पाँच सय सयपत्री फूलको विरुवा लगाउनुभएको थियो ।रजिताले फूलको खेती सुरु गर्नुभएको आठ वर्ष भयो । विसं २०७३ मा गोरखाबाट पोखरा आएर नर्सरी चलाएदेखि नै उहाँले तिहारका लागि सयपत्री फूल रोप्न थाल्नुभएको हो । यो मौषमी फूल हो । तिहारमा अरु फूलभन्दा यही बढी बिक्री हुन्छ ।”
रजिताले सयपत्रीको प्रतिथुङ्गा पाँच रुपैयाँमा बिक्री गर्नुभएको छ । टीकाका दिनसम्म आफ्नोमा भएको सबै फूल बिक्री हुनेमा रजिता विश्वस्त हुनुहुन्छ । यो वर्ष फूल पनि राम्रो भएको छ । यहाँको सबै सयपत्री फूल बिक्री हुनेमा म विश्वस्त छु ।”रजिताले यो वर्ष सयपत्री फूल बिक्री गरेर एक लाख पचास हजार रुपैयाँ आम्दानी गर्ने आँकलन गर्नुभएको छ ।त्यसमा पचास हजार रुपैयाँ जति खर्च भएको छ । आफ्नो मेहनत छुट्टै छ । सबै खर्च कटाउँदा ७०/८० हजार जति फाइदा होला ।”रजिताको नर्सरीमा अन्य फूलका बिरुवाहरू पनि छन् । सयपत्री, मखमली, गोदावारी, जाडो मौषमका फूलमा फिटुनिया, प्यान्जी (पेन्सी), भ्यागुते (इटरनेम) लगायत फूलको विरुवा छन् । जसले गर्दा रजिता अरु दिन पनि नर्सरीमा व्यस्त हुनुहुन्छ । नर्सरीमा उहाँको श्रीमान शङ्कर गुरुङले पनि राम्रै साथ दिइरहेको रजिताले बताउनुभयो । साथै नर्सरीमा दैनिक तीन जना कर्मचारीले काम गरिरहेका छन् ।
फूलको बिरुवा बिक्री अनि सयपत्री फूल बेचेको पैसाले रजिताको परिवार पालिएको उहाँले बताउनुभयो । “मेरो परिवारमा श्रीमान, म अनि एउटा बच्चा छ । एक जना बहिनी पनि मैसँग बस्छिन् । उनले पनि मलाई नर्सरीमा साथ दिन्छ नर्सरीबाट वर्षमा यति नै कमाउँछु भन्ने यकिन त छैन् । तर, यहाँको कमाइले खान, लगाउन, अनि दःुख बिमार हुँदा उपचार गर्न पुगेको छ ।” नर्सरीमा काम गर्ने तीन जना कामदार पनि पारिश्रमिकबाट खुसी नै रहेको रजिताले सुनाउनुभयो ।सानोदेखि नै फूलमा शौखिन भएकाले नर्सरी व्यावसायमा लागेको रजिताले बताउनुभयो । यो व्यावसायमा झरी अनि असिना पानीको समस्या रहेको रजिता बताउनुहुन्छ । सरकारी निकायमा दर्ता गरेर व्यावसाय गर्नेहरूलाई समस्या परेका बेला साथ दिनुपर्ने उहाँको तर्क छ ।सरकारी निकायमा दर्ता गरेपछि सरकार छ भन्ने पनि आभास दिलाउनुपर्छ । अरुले छुट अनुदान के के हो पाए भन्छन् मैले त अहिलेसम्म केही लिएको छैन् ।”








