काठमाडौं,२१,साउन ।
सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक यही श्रावण २० गते शुक्रबार बोलाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी सरकारले गरिरहेको बेला बुधबार अपरान्ह बसेको सत्तारुढ दलहरुको शिर्ष तहको बैठकले यही श्रावण २० शुक्रबार गठबन्धनको बैठक बोलाउने निर्णय गरेको हो । गठबन्धनलाई निरन्तरता दिने सहमतीसहित सत्तारुढ दलहरुको बैठक आगामी शुक्रबार बिहान साँढे नौं बस्ने निर्णय बैठकमा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो । सामान्यतयाः सबै विषयमा छलफल भएको छ । र, गठबन्धनलाई निरन्तरता दिएर अगाडि बढने कुरामा सहमती भएको छ । शुक्रबार साँढे नौं बजे फेरी यो गठबन्धनको बैठक बस्छ । र, त्यो बैठकपछि म तपाईहरुलाई आफैं खवर दिनेछु ।
बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुनु भएको थियो । बैठकमा नेताहरुबीच मुलुकको पछिल्लो राजनीतिक परिस्थितिको बारेमा पनि छलफल भएको थियो ।








