काठमाडौं,८,कात्तिक।

सुरक्षा परिषद् बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दिएको अभिव्यक्तिपछि इजरायल आक्रामक बनेको छ ।इजरायल-गाजा युद्धबारे छलफल गर्न मंगलबार राति न्यूयोर्कमा बसेको सुरक्षा परिषद् बैठकमा राष्ट्रसंघका प्रमुख गुटेरेसले हमासले इजरायलमा गरेको आक्रमणको बदला प्यालेस्टाइनी नागरिकलाई सजाय दिएर औचित्य पुष्टि नहुने बताएका थिए । त्यसपछि इजरायली अधिकारीहरूले संयुक्त राष्ट्रसंघका पदाधिकारीलाई भिसा नदिने बताएका छन् ।संयुक्त राष्ट्रका महासचिव गुटेरेसले ७ अक्टोबरमा १,४०० भन्दा बढी मानिस मारिएको हमासको आक्रमण ‘खाली ठाउँमा’ नभएको भन्दै इजरायलले ‘५६ वर्षदेखि कब्जा गरिराखेको’ प्यालेस्टाइनीहरूको जमिनमा भएको बताएका थिए ।‘आफ्नो जमिमा अरूको बस्ती बसिरहेको देखेका थिए । त्यहाँका आम मानिस हरेक दिने हुने हिंसाबाट आजित भइरहेका थिए र यो सबका बीच आफ्नो अर्थव्यवस्था तबाह भइरहेको पनि हेरिरहेका थिए’, उनले अगाडि भने, ‘मानिसहरूलाई आफ्नो घरबाट निकालियो र उनीहरूका बस्ने घरलाई खण्डहर बनाइयो । त्यहाँका मानिसहरूमा राजनीतिक समाधान निस्किन्छ भन्ने आशा फिक्क भइसकेको थियो ।’

महासचिव गुटेरेसको उक्त अभिव्यक्तिप्रति आक्रोशित हुँदै इजरायली विदेशमन्त्री एली कोहेनले ‘यस्तो नरसंहारको कुनै कारण हुन नसक्ने’ प्रतिक्रिया दिएका छन् । ‘कुन संसारमा बस्छौ ?’ इजरायली विदेशमन्त्री कोहेलनले गुटेरेसलाई प्रश्न गरेका छन् । उनले संयुक्त राष्ट्रसंघ प्रमुख गुटेरेससँगको भेटलाई रद्द गर्ने धम्कीसमेत दिएका छन् ।सुरक्षा परिषद् बैठकमा उपस्थित राष्ट्रसंघका लागि इजरायलका राजदूत गिलाड एर्डनले पनि गुटेरेसको राजीनामा माग गर्दै ‘उनी संयुक्त राष्ट्रसंघको नेतृत्व गर्न योग्य नरहेको’ बताएका थिए ।गुटेरेसले त्यसपछि सुरक्षा परिषद् बैठकमा आफूले राखेको मन्तव्यका केही अंशहरू हाइलाइट गर्दै सामाजिक सञ्जाल ‘एक्स’मा स्पष्ट पारेका छन् । ‘प्यालेस्टिनी जनताले भोगिरहेको कष्टले हमासको डरलाग्दो आक्रमणको औचित्य पुष्टि गर्न सक्दैन’, र त्यो ‘गाजामा भइरहेको भयानक आक्रमणले प्यालेस्टिनी जनतालाई दिएको सामूहिक सजायको औचित्य पनि पुष्टि गर्न सक्दैन’ ।यससँगै इजरायलले संयुक्त राष्ट्रसंघका अधिकारीहरूलाई भिसा नदिने बताएको छ । राष्टसंघका लागि इजरायलका प्रतिनिधि एर्डनले एउटा इजरायली रेडियोलाई मानवअधिकार सम्बन्धी मामिलाका उप-महासचिव मार्टिन ग्रिफिथ्सलाई पहिले नै भिसा अस्वीकार गरेको बताए । एर्डनले ‘राष्ट्रसंघका पदाधिकारीलाई पाठ सिकाउने समय आएको’ अभिव्यक्ति समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here