भादगाउँ (भक्तपुर), २८ असोज |

आश्विन शुक्ल प्रतिपदाको दिनदेखि भक्तपुरमा नवरात्र पनि सुरु भएको छ ।नवरात्रको समयमा नौ दिनसम्म क्रमशः भक्तपुरको ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी मन्दिरमा दर्शनका लागि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।नवरात्रका अवसरमा आज भक्तपुरको ब्रम्हायणी शक्तिपिठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आजको दिन घरघरको पूजाकोठामा दुर्गा भवनीलाई आह्वान गरी जमरा राख्न ब्रम्हायणी घाटमा स्नान गरी ब्रम्हायणी देवीको पूजाआरधना गरी जमरा राख्न पाँगो माटो र खोलाको जल लिन भक्तजनको घुइँचो लागेको हो ।आजैदेखि शक्तिपिठबाहेक भक्तपुरको दरबार स्क्वायरको तलेजु र काठमाडौँस्थित एकान्त कुमारी देवगृहमा पनि मेला लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here